२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एमाले स्वास्थ्य विभागको १५ बुँदे पत्र

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एमाले स्वास्थ्य विभागको १५ बुँदे पत्र

स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनदेखि शल्यक्रिया सर्वसुलभ बनाउनेसम्मका माग


काठमाडौं—नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वको टोलीले मन्त्रालयमा यादवलाई भेटेर १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

एमालेले एकीकृत स्वास्थ्य सेवा ऐन तयार गरेर संसदमा पठाउन, स्वास्थ्य सेवामा बाँझिएका कानुनको तत्काल संशोधनको व्यवस्था गर्न माग गरेको छ । यसैगरी, स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन, स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य चौकी र आधारभूत अस्पतालको निर्माण सम्पन्न गरी ओएनएम गरेर जनशक्ति पदपूर्ति गर्न, स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन गरेर मनोबल वृद्धि गरी सुशासनको प्रत्याभूति दिलाउन समेत पत्रमा माग गरिएको छ ।

एमालेको स्वास्थ्य विभागले अस्पतालहरुमा शल्यक्रिया, डाइलाइसिसलागतयका सेवाहरु सर्वसुलभ बनाउन, रोग रोकथाम तथा नियन्त्रण केन्द्र, प्रत्यायन प्राधिकरणजस्ता राष्ट्रिय संरचनाको निर्माण गर्न, स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन बनाएर सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम सुरु गर्न पनि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

समायोजनका कारण फाजिलमा रहेका, समायोजन नमिलेका स्वास्थ्यकर्मीलाई रिक्त स्थानमा पुनः मिलाई काम गर्ने वातावरण बनाउन, स्वास्थ्य संस्था तथा सुरक्षाकर्मीको सुरक्षा व्यवस्था भरपर्दो बनाउन, झाडा पखाला, दादुरा, कोभिड—१९, डेंगीलगायतका महामहारीजन्य रोगहरुको रोकथाम नियन्त्रणको पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताललगायतका संघीय अस्पतालमा जनशक्ति थप गरी पूर्ण क्षमतामा संचालनमा ल्याएर जनताले स्वास्थ्य सेवा छिटो र सहज पाउने व्यवस्था मिलाउन भनिएको छ ।

यसैगरी, उसले चिकित्सक, स्वास्थ्यकर्मीलगायत युवा जनशक्तिको विदेश पलायन रोक्न विशेष कार्यक्रम तत्काल ल्याउन, आत्महत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम संचालन गर्न र राजमार्गको रणनीतिक क्षेत्रमा ट्रमा सेन्टरहरु स्थापना गर्न पनि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ