२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने

काउन्सिल लाइसेन्स परीक्षाः स्नातकको जेठ, असोज र माघ, स्नातकोत्तरको साउन, मंसिर र चैतमा हुने


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको हो । बुधबार काउन्सिलले वि.सं. २०८१ मा स्नातक तहको तीन पटक र स्नातकोत्तर तहको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने गरी वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार स्नातक तहको पहिलो लाइसेन्स परीक्षा जेठ ७, ८ र ९ मा हुनेछ । यसैगरी, दोस्रो लाइसेन्स परीक्षा असोज १३, १४ र १५ तथा तेस्रो लाइसेन्स परीक्षा माघ ८, ९ र १० मा सञ्चालन गर्ने काउन्सिलले जनाएको छ ।

यसैगरी, स्नातकोत्तरतर्फको पहिलो लाइसेन्स परीक्षा १७ र १८ साउनमा सञ्चालन हुनेछ । स्नातकोत्तरको दोस्रो लाइसेन्स परीक्षा मंसिर २० र २१ मा र तेस्रो चैत २१ र २२ मा हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ