२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररामराजा प्रतिष्ठान पूर्वाधार विकास समितिमा डा. चौधरी, विपीको सिनेट सदस्यमा डा. कार्की

रामराजा प्रतिष्ठान पूर्वाधार विकास समितिमा डा. चौधरी, विपीको सिनेट सदस्यमा डा. कार्की


काठमाडौं—सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. चौधरीलाई पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसैगरी, डा. वीरेन्द्रप्रसाद यादवलाई पूर्वाधार विकास तयारी सदस्यमा नियुक्त गरेको छ । डा. चौधरी सप्तरी र डा. यादव सिरहाका हुन् ।

यस्तै, बिहीबारकै क्याबिनेटले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई नियुक्त गरेको छ । डा. कार्की वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ