२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७७ जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध

७७ जिल्लामा विस्तार भएको स्वास्थ्य बीमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध


काठमाडौं—मुलुकका ७७ वटै जिल्लामा पुगेको स्वास्थ्य बीमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध भएको पाइएको छ । शुक्रबार आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार सम्मेलनमा मुलुकको ७७ लाख ४१ ह्जार ४५३ जनसंख्या स्वास्थ्य बीमा आवद्ध भएको जानकारी दिइएको हो ।

उक्त जनसंख्या कुल जनसंख्याको २६.५४ प्रतिशत हुन आउँछ । स्वास्थ्य बीमा बोर्डकाअनुसार कुल बिमित परिवारको संख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ, जुन ३५.८८ प्रतिशत हो । कुन बिमितमध्ये सेवा लिनेको संख्या ४७.१८ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमितको संख्या ७२.११ प्रतिशत रहेको बीमा बोर्डले जनाएको छ ।

चालु आर्थिक वर्षको १० फागुनसम्म बीमा बोर्डले ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म स्वास्थ्य बीमा बोर्डमा ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात रहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा ७७ जिल्लाका ७ सय ५२ स्थानीय तहमा विस्तार भइसकेको छ । अहिलेसम्म ५ लाख १४ हजार ६१८ जना अति गरिब (परिवारका सदस्यसमेत) र ९ लाख ३० हजार ३९७ जेष्ठ नागरिक स्वास्थ्य बिमामा आवद्ध छन् । यसैगरी, एचआईभी संक्रमित बिमितको संख्या ३६ हजार ८८१ (परिवारसका सदस्यसमेत) र अत अपांग बिमित १ लाख ४१ हजार २२३ (परिवारका सदस्यसमेत) छन् ।

एमडिआर/एक्सडिआर टिवी बिमितको संख्या परिवारका सदस्यसमेत ३ हजार ३३१, कुष्ठरोग पीडित बिमितको संख्या परिवारसमेत ३ हजार ६८५ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिवारका सदस्य समेत बिमित १ लाख ३२ हजार ५६७ जना छन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य प्रणालीमा विविध सुधारका प्रयासहरु अगाडि बढाइएको बताए । उनकाअनुसार स्वास्थ्य बिमा आवद्धता अनलाइनबाट गर्ने तयारी अगाडि बढाइएको छ भने स्वास्थ्य बीमा सह—भुक्तानी प्रणाली लागु गरिएको छ । यसबाहेक सुधार अन्य सुधारका कामहरु अगाडि बढाइएको पनि उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ