२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक महिनादेखि बन्द मुटु रोग र न्यूरो सर्जरी सेवा सुचारू

एक महिनादेखि बन्द मुटु रोग र न्यूरो सर्जरी सेवा सुचारू


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक महिनादेखि बन्द भएको दुई वटा विभाग खुलेका छन्। यसअघि विभागमा कार्यरत डाक्टरहरू सरूवा भएर गएपछि विभाग बन्द भएका थिए ।

उनीहरूको सरूवा भएर जाने बेलासम्म पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डा. नआएकाले केही दिन विभाग नै बन्द गर्नुपरेको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए । ‘विभागमा तीन वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरू सरूवा भएर गएपछि मुटु रोग विभाग तीन हप्ता बन्द भएको थियो,’ उनले भने, ‘न्यूरो सर्जरी विभाग भने एक हप्ता मात्र बन्द गर्नु परेको थियो ।’

केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरू गरिएको निर्देशक खड्काले बताए । ‘डाक्टरहरू यहाँ हाजिर गर्न ढिला गर्नुभएको थियो । उहाँहरू आइसकेपछि हामीले दुवै विभागका सेवा खुला गरेका छौं,’ उनले भने, ‘अहिले न्युरो सर्जन विभागमा डा. ओमविक्रम शाह र मुटु रोग विभागमा डा. सुतप यादव आएका छन् ।’

तीन वर्षदेखि काम गर्दै आएका न्यूरो सर्जन डा. निलम खड्का काज सरूवा भएर ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त विभाग खाली भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ