२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपाठेघरको उपचार गर्न गएकी २१ वर्षीया महिलाको मृत्यु भएपछि प्रदेश अस्पताल सुर्खेतमा तनाव

पाठेघरको उपचार गर्न गएकी २१ वर्षीया महिलाको मृत्यु भएपछि प्रदेश अस्पताल सुर्खेतमा तनाव


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा पाठेघर सम्बन्धी उपचार गर्न गएकी महिलाको मृत्यु भएको छ । बिहिबार दैलेखको आठबीस नगरपालिका पिपलकोटकी २१ वर्षीया रिजुका बलामीको मृत्यु भएको हो ।

अस्पतालले मृत घोषणा गर्दै शव बुझ्न परिवारलाई खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका हुन् । जसका कारण प्रदेश अस्पताल सुर्खेतमा तनाव भएको छ ।

९ महिनाको बालिका बाहिर आफन्तलाई छोडेर बिहिबार बिहान बलामी पाठेघर सम्बन्धी उपचारका लागि अस्पताल गएकी थिइन् ।

पाठेघरमा समस्या भएको भन्दै निजी अस्पतालमा चेक जाँच पश्चात् प्रदेश अस्पताल कालागाउँमा पु¥याइएको मृतकका जेठाजु हर्क बलामीले बताए । अस्पताल लगेपछि बिहिबार बिहान डाक्टरले पाठेघरको उपचार सुरु गरेका थिए ।

परिवारलाई भेटघाट गर्न नदिएरै एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयपछि मृत्यु भएको घोषणा गरेपछि अस्पताल र सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको मृतकका जेठाजु हर्कले आरोप लगाएका छन् । पीडित परिवारले लापरबाहीका कारण मृत्यु भएको बताउँदै लापरबाही गर्ने व्यक्ति र घटनाको पूर्ण विवरण परिवारले पाउनुपर्ने माग रोखेका छन् ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले घटनाको छानविन भइरहेको जानकारी दिए । ‘हामीले घटनाको छानविन गरिरहेका छौं,’ उनले भने, ‘पीडित परिवारसँग छलफल पनि जारी रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ