२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणमा ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने


काठमाडौं—राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीलाविक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

१ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि दिइने उनले जानकारी दिए । देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रहरुबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण बैशाखमा खुवाइन्छ । गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो । यसैगरी, ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो ।

भिटामिन ‘ए’ को कमीको रोकथाम र उपचारका गर्ने उद्देश्यले वि.सं. २०५० सालबाट ८ जिल्लाबाट भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको थियो । अहिले यो कार्यक्रम देशभरका ७७ जिल्लामैं लागु भएको छ । यस्तै, वि.सं. २०५६ सालबाट १३ जिल्लाबाट परजीवि (जुका) नियन्त्रण कार्यक्रम लागु भएको थियो । यो कार्यक्रम पनि अहिले ७७ वटै जिल्लामा लागु छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ