२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेपोनको महाधिवेसन उद्घाटन गर्दै देउवाले भने, ‘जनताको सेवा गर्न नछाड्नुस’

हेपोनको महाधिवेसन उद्घाटन गर्दै देउवाले भने, ‘जनताको सेवा गर्न नछाड्नुस’


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी समायोजनका क्रममा सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन)को ७ औं महाधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

अहिले काम गर्न गाह्रो भएको भन्दै उनले कर्मचारीहरुलाई आफ्नो काम गर्न नछाड्न आव्हान समेत गरे । ‘अहिलेको समय चुनौतीपूर्ण छ,’ उनले भने, ‘जहाँ हुनुहुन्छ, जनताको सेवा गर्न नछाड्नुहोस् ।’

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिब वर्गका नाममा चुनाव जितेको पार्टीले सम्पन्न वर्गका लागि काम गरिरहेको आरोप लगाए । उनले सरकारले राखेको पूर्वाग्रहकै कारण जनता सेवाबाट बन्चित हुने परेको बताए ।

यस्तै कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारको गरिब जनताको पक्षमा काम गर्ने मनोविज्ञान नभएको भन्दै आलोचना गरे । कार्यक्रममा उपस्थित संघका सदस्यहरुले कर्मचारी समायोजन विभेदपूर्ण भएको गुनासो गरेका थिए ।

शुक्रबारबाट उद्घाटनसँगै सुरु भएको बन्द सत्र प्रतिनिधीको टुंगो लगाएको छ । संघका महासचिव दीपक मुडभरीकाअनुसार निर्वाचनमा भाग लिन देशभरबाट ७ सय ५० प्रतिनिधीहरु काठमाडाैं आइपुगेका छन् ।  शनिबारै संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

संघको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे, सह—अध्यक्ष ओमप्रकाश उपाध्याय, कृष्ण नागिला र सल्लाहकार धनप्रसाद पौडेलसहित चार जनाको दाबी छ । महासचिवमा वर्तमान महासचिव दीपक मुडभरी, सचिव दीपक भट्ट, देवराज लामिछाने, नवराज श्रेष्ठ, शंकर कँडेल, योगेन्द्र पञ्जियारले दाबी गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ