२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागमा हप्ताको एक दिन आन्द्रा सुन्निने रोगको विशेष ओपीडी संचालन

वीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागमा हप्ताको एक दिन आन्द्रा सुन्निने रोगको विशेष ओपीडी संचालन


काठमाडौं—मुलुककै जेठो वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपीडी सेवा सुरु गरेको छ । ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलकाअनुसार वीरमा १ बैशाखबाट हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा संचालनमा आएको हो ।

डा. शर्माकाअनुसार आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरु गरेको हो ।

‘आन्द्रा सुनिने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगहरुको उपचारलाई प्रभावकारी बनाउनका लागि हामीले बैशाख १ गतेदेखि नै हरेक हप्ताको सोमबार विशेष ओपीडी सेवा संचालन गरिरहेका छौं,’ उनले भने, ‘यसले बिरामीलाई थप सहज हुने अपेक्षा गरेका छौं ।’

अस्पतालकाअनुसार यो सेवा लिनका लागि बिरामीहरुले हरेक हप्ताको सोमबार १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपीडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ