२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघले भन्यो, ‘न्युट्रासिटिकल्स सिफारिस गर्ने चिकित्सकको अधिकार’

नेपाल चिकित्सक संघले भन्यो, ‘न्युट्रासिटिकल्स सिफारिस गर्ने चिकित्सकको अधिकार’


काठमाडौं—नेपाल चिकित्सक संघले आहारपुरक खाद्य पदार्थ (फुड सप्लिमेन्ट/न्युट्रासिटिकल्स/डायट्री सप्लिमेन्ट)हरुलाई प्रतिबन्धित औषधि भन्दैं चिकित्सकहरुबाट सिफारिस गर्न नहुने भन्ने समाचारहरुलाई भ्रामक भनेको छ । शुक्रबार संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संघले कुनै पनि बिरामीको स्वास्थ्य उपचारका क्रममा विरामीको आवश्यकताअनुसार औषधि तथा आहारपूरक खाद्यहरु सिफारिस गर्ने अधिकार चिकित्सकमा रहेको समेत जनाएको छ । ‘चिकित्सकहरुले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेको फुड सप्लिमेन्ट/न्युट्रासिटिकल/डायट्री सप्लिमेन्टहरु विरामीको रोग, उमेर र आवश्यकताअनुसार स्वास्थय उपचारमा सहयोगीसावित हुने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार सिफारिस गर्दै आइरहेको ब्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ संघले विज्ञप्तिमा भनेको छ ।

यसअघि औषधि ब्यवस्था विभागले औषधि पसलमा न्युट्रासिटिकलजन्य वस्तुहरु बिक्री वितरण गर्न नपाइने बताएको थियो । विभागको उक्त निर्देशनपछि संघले न्युट्रासिटिकल्स सिफारिस गर्ने अधिकार चिकित्सक रहेको दाबी गरेको हो ।

विभागले केही स्वास्थ्य सरोकारवालाहरुले कमिसनको लोभमा चिकित्सकहरुले अनावश्यक रुपमा न्युट्रासिटिकल्स सिफारिस गर्ने गरेको गुनासोपछि औषधि पसलबाट त्यस्ता वस्तुहरु बिक्री वितरण बन्द गर्न सूचना जारी गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ