२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफर्माकेमको वार्षिक कारोबार ३ अर्ब ६२ करोड नाघ्यो

फर्माकेमको वार्षिक कारोबार ३ अर्ब ६२ करोड नाघ्यो


काठमाडौं—फर्माकेम फर्मा प्रा.लि.को कारोबार निन्तर उकालोमा रहेको पाइएको छ । कम्पनीको फाइनान्सियल तथ्यांकअनुसार सन् ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको छ ।

नेपाली औषधिको बजारको ठूलो सप्लायर्समध्ये एकमा गनिने फर्माकेमको गत वर्ष तुलनामा कारोबार ४० करोड रुपैयाँ बढीले वृद्धि भएको हो । सन् २०२२ मा फर्माकेमको वार्षिक कारोबार ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

कारोबारमा निरन्तर उकालो यात्रा गरिरहेको यो कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो भने सन् २०२१ मा २ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

फर्मास्युटिकल्स प्रडक्टहरुसको व्यापार गर्ने यो कम्पनीले भारतबाट ठूलो मात्रामा जेनेरिक र क्रोनिक औषधिहरु आयात गरेर स्थानीय बजारमा बेच्दै आएको छ ।

सन् १९८८ मा स्थापना भएको फर्मा केम काबरा परिवारको पारिवारिक स्वामित्व रहेको कम्पनी हो । कम्पनीमा हरिनारायण काबराको ५० प्रतिशत, राजेन्द्रकुमार काबराको ४९ प्रतिशत र आत्माराम काबराको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपालको अर्को प्रमुख औषधि डिष्टिब्युर्स मानिने यतिक्यामले सन् २०२३ मा १ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ