२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल कलेजको एनआईसीयु अब २४ शैय्या

नेपाल मेडिकल कलेजको एनआईसीयु अब २४ शैय्या


काठमाडौं—नेपाल मेडिकल कलेजको एनआईसीयूको स्तरोन्नती गरेको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० शैय्याको एनआईसीयुमा १४ वटा नयाँ शैय्या थप गरेर २४ वटा पु¥याइएको हो ।

शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ शैय्याको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआईसीयु शैय्या थप गरिएको बताए ।

समय अगावै जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआईसीयू वेडहरु थप गरिएको डा. अन्सारीले बताए ।

‘यसअघि १० वेडको एनआईसीयु थियो । त्यसलाई अपग्रेड गरी अरु १४ वेड थपिएको छ,’ उनले भने, ‘खासगरी समय अगाडि जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआईसीयु चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’

एनआईसीयुले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । कलेजको एनआईसीयु सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै उनले आमनागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको बताए । ‘नयाँ प्रविधि भन्ने बित्तिकै महंगो हुन्छ भन्ने होइन् हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं,’ डा. अन्सारीले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ