२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने

तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने


काठमाडौं—सरकारले तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई वटा परियोजना प्रस्तुत गर्ने भएको छ । आइतबार र सोमबार आयोजना हुने तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको ५८ औं बैठकले स्वास्थ्यका दुई वटा परियोजना प्रस्तुत गर्ने निर्णय गरेका हो ।

स्वास्थ्य र शिक्षा क्याटागोरीअन्तर्गत राखेर प्रस्तुत गरिने परियोजनामा गौतवुद्ध प्रसुति तथा स्त्री रोग अस्पताल र धुलिखेल मेडिसिटी परियोजना रहेका छन् । शिक्षातर्फ सार्वजनिक विद्यालय सुधार परियोजना अगाडि सारिदैंछ ।

लगानी सम्मेलनमा कुल १५१ वटा परियोजनाहरु प्रस्तुत गरिनेछ । जसमा सरकारले १२० वटा परियोजना प्रस्तुत गर्नेछ भने निजी क्षेत्रका ३१ परियोजना प्रस्तुत गरिनेछन् ।

सरकारले सहरी विकासका ६ परियोजना, जल आपूर्तिका ४ परियोजना, उर्जा क्षेत्रका ३१ परियोजना, औधोगिक पूर्वाधार र व्यापार क्षेत्रका ७ वटा परियोजना, कृषि विकासका १५ वटा परियोजना, भौतिक पूर्वाधारका ५ परियोजना, पर्यटन पूर्वाधारका १७ वटा परियोजना, यातायात क्षेत्रका १९ आयोजना, सूचना प्रविधी क्षेत्रका दुई वटा, खानी र खानीजन्य क्षेत्रका १३ वटा परियोजना सरकारले सम्मेलनमा प्रस्तुत गर्नेछ ।

यस्तै, निजी क्षेत्रद्वारा तयार गरिएका ३१ वटा परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ