२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा

नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा

उपप्रधानमन्त्री यादवले गरे दिगो विकास लक्ष्य र स्वास्थ्य क्षेत्रमा प्राप्त गरेका उपलब्धि जोगाइ राख्न सार्थक सहयोगको आग्रह


काठमाडौं—संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको प्रशंशा गरेका छन् । सोमबार संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७ बैठकमा भाग लिन न्यूयोर्क पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग उनले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको प्रशंशा गरेका हुन् ।

महासचिव गटरेसले मूलतः स्वास्थ्य क्षेत्रमा मातृ स्वास्थ्य, एन्टी माइक्रोबियल रेसिस्टेन्ट र सेफर इनिसियटिभमा हासिल गरेको उपलब्धिको प्रशंशा गरेका थिए । उनले संयुक्त राष्ट्रसंघले दिगो विकासमा लक्ष्य प्राप्ति र आईसीपीडी प्रोग्राम अफ एक्सनको कार्यन्वयमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

गुटरेसले नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न क्लाइमेट अस्टिसका आधारमा न्यूनीकरण तथा अनुकूल सहायता पाउनुपर्नेमा जोड दिए । ‘यो नेपालको अधिकारको हो,’ राष्ट्रसंघका महासचिवले भने ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले नेपालको सामाजिक, आर्थिक विकासमा संयुक्त राष्ट्रसंघको सहयोगको प्रशंशा गरे । मन्त्री यादवले नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास र विस्तार, कुल प्रजननदर र मातृ मृत्युदर घटाउनेलगायतमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे ।

उनले नेपाल अति कम विकसित र भूपरिवेष्ठित मुलुक रहेकोले जलवायु परिवर्तन एवं विश्वमा बढ्दो द्वन्द्वका कारणले दिगो विकास लक्ष्यका साथै स्वास्थ्य क्षेत्रमा प्राप्त गरेका उपलब्धि जोगाइ राख्न निकै चुनौतीपूर्ण रहेको बताउँदैं संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय विकास साझेदार मुलुकको सार्थक सहयोगका लागि अनुरोध गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ