२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, डडेल्धुरा अस्पतालबाट रिफर गर्ने तयारी

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, डडेल्धुरा अस्पतालबाट रिफर गर्ने तयारी


काठमाडौं-चिकित्सा सुधारको माग गर्दै ६ दिनदेखि डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दैं गएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि डडेल्धुरा अस्पतालले डा. केसीलाई रिफर गर्ने तयारी गरेको छ ।

‘उहाँको अवस्था एकदमैं जटिल भैसकेको छ,’ डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने, ‘अवस्था विस्तारै हुँदैं गएको छ, धेरै नै वीक र शिथिल भैसक्नुभएको छ ।’ उनले पहाडी इलाका भएकाले डडेल्धुरामा चिसो वातावरण र अस्पतालमा उपकरण र विशेषज्ञ नहुँदा थप उपचार केही गर्न सकिने अवस्था नरहेको बताए । ‘न उपकरण छ न जनशक्ति छ । धेरै गाह्रो छ,’ डा. कँडेलले थपे, ‘उहाँलाई छिटो सुरक्षित ठाउँमा पठाउनुपर्ने अवस्था आइसकेको छ ।’

डा. कँडेलले अस्पताल धनगढीसम्म भएपछि राम्रो स्वास्थ्य सेटअप भएको ठाउँमा रिफर गरेर डा. केसीको जीवनरक्षा गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘डडेल्धुराबाट काठमाडौं लैजानुभन्दा धनगढीबाट लिन चाडो हुन्छ । धनगढी पु–याउन सकियो भने पनि सुरक्षित ठाउँ, आइसियु सेटिङ, विशेषज्ञ टिम पनि हुन्छ ।’ डा. केसीको रक्तचाप ९०÷६० को अवस्थामा रहेको उनले बताए ।

तर, डा. केसी निकै नै कमजोर र शिथिल देखिएका छन् । डा. कँडेलले उनको रिफर गर्ने परिस्थिती खडा भएको बताए । ‘उहाँको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो, उहाँलाई यहाँबाट रिफर गर्ने परिस्थिती खडा भएकोछ,’ उनले थपे, ‘हामीले उहाँहरुलाई भोलि नै रिफर गर्ने तयारी गरेका छौं ।’

अहिले डा. केसीका भाइ पनि डडेल्धुरा पुगेकाले उनीसँग परामर्श गरेर भोलि नै रिफर गर्ने तयारी आफूहरुको रहेको डा. कँडेलले बताए । तर, डा. केसीले रिफर गर्न नमानेमा भने अर्को जटिलता उत्पन्न हुने देखिन्छ । शुक्रबार डा. केसीलाई स्वास्थ्य अवस्था खस्किएपछि उनी अनशनरत रहेको क्लिनिकबाट डडेल्धुरा अस्पतालमा सारिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ