२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने

सरकारबाट नबाहिरिने निर्णय


काठमाडौं-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

स्रोतकाअनुसार जसपा नेपालका बहुमत सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले सोमबार नयाँ जनता समाजवादी पार्टीलाई मान्यता दिएपछि यादव सर्वोच्च जान लागेका हुन् ।

स्वास्थ्यमन्त्रीको पार्टीका १२ वटा सांसदमध्ये ७ वटाले अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनाएपछि अहिले उनी तनावमा छन् । अब उनीसँग ५ वटा सांसदमात्रै बाँकी छन् ।

यादवको पार्टी जनता समाजवादी पार्टी नेपालले मंगलबार सरकारबाट नबाहिरिने निर्णय गरेको छ । पार्टी विभाजनपछि यादव सरकारबाट बाहिरिने अडकलबाजीहरु भइरहेका थिए्र ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ