२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई जना वरिष्ठ नर्ससहित पिएचडी गर्ने नर्सहरु सम्मानित

दुई जना वरिष्ठ नर्ससहित पिएचडी गर्ने नर्सहरु सम्मानित

१४ औं नर्सिङ सम्मेलन काठमाडौंमा


काठमाडौं—राष्ट्रियसभा गृहमा १४ औं नर्सिङ सम्मेलन सुरु भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर नेपाल नर्सिङ संघले उक्त
सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा नर्सिङ क्षेत्रका सफल र नर्सिङ उत्थानमा भूमिका खेलेका दुई जना वरिष्ठ नर्स म्यानमारका लागि पूर्व राजदूत गुणलक्ष्मी शर्मा र विजया केसीलाई सम्मान गरिएको थियो ।

देश-विदेशबाट पिएचडी गरेका २८ जना नर्सहरु डा. सरला श्रेष्ठ, डा. सरला जोशी, डा. तारा शाह, डा. नर्मदा थापा, डा. अर्चना पाण्डे, डा. मुना शर्मा, डा. रोजी श्रेष्ठ, डा. कल्पना शर्मा, डा. कल्पना पौडेल शर्मा, डा. तुमला श्रेष्ठ, डा. रेखा तिमिल्सिना, डा. विमला पन्थी, डा. लक्ष्मी तामाङ, डा. लक्ष्मी ठाकुर, डा. सरस्वती शर्मा, डा. सुशील भण्डारी, डा. कुन्ता पुन, डा. सर्मिला श्रेष्ठलाई पनि प्रधानमन्त्रीले सम्मानित गरेका थिए ।

यस्तै, डा. सम्झना सुवेदी, डा. रिना श्रेष्ठ, डा. सावित्री सापकोटा, डा. शितल गौतम, डा. सुशीला पौडेल र डा. देवका आचार्यलगायतलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री स्मारिका र नर्सिङ जर्नल अफ नेपालको पनि विमोचन गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ