२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको नयाँ ओएनएम अगाडि बढाउने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको नयाँ ओएनएम अगाडि बढाउने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कार्यभार सम्हालेपछि स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको नयाँ ओएनएम अगाडि बढाउने पहिलो निर्णय गरेका छन् । सोमबार शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगतै उनल मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए ।

त्यसपछि पहिलो निर्णयका रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुको नयाँ ओएनएम अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरे । यस्तै, खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकालेका चिकित्सकलाई पदस्थापन गर्ने निर्णय पनि उनले गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार नै क्याबिनेट विस्तार गर्दै यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यस्तै, राज्यमन्त्रीमा हसिना खानले सपथ लिएकी छन् ।

यसअघि उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेका थिए । प्रधानमन्त्री बन्ने शर्तमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग मिलेर सरकार ढाल्ने प्रयास गरेपछि उनको पार्टी विभाजन भएको थियो ।

पार्टीका ७ सांसदसहित नेता अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । अमेरिका भ्रमणमै रहेका बेला पार्टी फुटेपछि अध्यक्ष यादवले सोमबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ