२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका

लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका


काठमाडौं—सरकारले लुम्बिनी प्रदेश र कोशी प्रदेशका स्वास्थ्य सचिव परिवर्तन गरेको छ । २७ बैशाखको क्याबिनेट बैठकले लुम्बिनी र कोशी प्रदेशको स्वास्थ्य सचिव हेरफेर गरेको हो ।

कोशी प्रदेशको स्वास्थ्य सचिव डा. राधिका थपलियालाई पठाइएको छ । यसअघि कोशीकी स्वास्थ्य सचिव रहेकी डा. सुधा देवकोटालाई मन्त्रालय बोलाइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. वासुदेव जनार्दन प्रसाद उपाध्यायलाई पठाइएको छ । उनी यसअघि आयुर्वेद विभागका प्रमुख थिए ।

लुम्बिनीका स्वास्थ्य सचिव रहेका डा. जनार्दन पन्थीलाई मन्त्रालयमा बोलाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ