२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त

भेरी अस्पतालको मेसुमा डा. राजन पाण्डे नियुक्त


काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु)मा डा. राजन पाण्डे नियुक्त भएका छन् । आइतबार जाँदाजाँदैं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई भेरीको मेसुमा नियुक्त गरेका हुन् ।

डा. पाण्डे भेरी अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन हुन् । डा. पाण्डे यसअघि भेरीको मेडिसिन विभागमा प्रमुख थिए । उनी लामो समयदेखि भेरी अस्पतालमा सेवारत छन् ।

यसअघि भेरीको मेसु डा. पवनजंग रायमाझी रहेका थिए । डा. रायमाझीलाई भेरी कार्यरत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य स्रोतले जनाएको छ ।

नयाँ मेसुमा नियुक्त भएका पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट विशेषज्ञता हासिल गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ