२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंस्थापन पक्षका उम्मेदवार मिलाउन नसक्दा हेपोनको महाधिवेशन लम्बियो

संस्थापन पक्षका उम्मेदवार मिलाउन नसक्दा हेपोनको महाधिवेशन लम्बियो


काठमाडौं-संस्थापन पक्षका उम्मेदवारका आकांक्षी मिलाउन नसक्दा नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन)को महाधिवेशन लम्बिएको छ । संस्थापन निकट प्यानलमा वरिष्ठ उपाध्यक्षका दुई आकांक्षी भएपछि सो प्यानबाट अध्यक्षका उम्मेदवार समेत रहेका वर्तमान अध्यक्ष रामजी घिमिरेले निर्वाचनको प्रक्रिया एकदिन पछि सारेका हुन् ।

शुक्रबारबाट सुरु भएको महाघिवेशन आज (शनिबार) सम्पन्न गर्ने पूर्व तालिका थियो । तर, संस्थापन पक्षबाट बरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र भवानी शर्मा दुई जनाले दावी गरेपछि वर्तमान अध्यक्षसमेत अध्यक्षका दावेदार रामजी घिमिरेले चलाखीपूर्ण तरिकाले निर्वाचन प्रक्रिया एक दिन पछि सारेका हुन् । उनले शनिबार निर्वाचन सुरु गर्दा राति हुने भन्दै भोलि बिहान ८ बजेबाट सुरु हुने गरी निर्वाचन सारेका हुन् ।

संघको नयाँ कार्यसमितिका लागि स्पष्ट दुई प्यानल निर्वाचनमा भिड्ने भएका छन् । संस्थापन पक्षको नेतृत्व घिमिरेले गर्दैछन् भने रामचन्द्र पौडेल प्यानलबाट वर्तमान बरिष्ठ उपाध्यक्ष ओमप्रसाद उपाध्यायले अध्यक्षका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

घिमिरे प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शाह र शर्मा छन् भने महासचिवमा शंकर कँडेलले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट कोषाध्क्षका उम्मेदवार शेर पासवान छन् । घिमिरे भोलि बिहानसम्ममा दुई मध्ये एकमा सहमहि गराउने कसरतमा रहेको उनी निकट एक स्वास्थ्यकर्मी बताउँछन् ।

यता रामचन्द्र पक्षका अध्यक्षका उम्मेदवार ओमप्रसाद उपाध्यायको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव दिपक मुडभरी, महासचिवमा वर्तमान सचिव दिपक भट्ट उमेदवार रहेका छन् ।

बन्दसत्रमा संस्थापन पक्षका नेतालाई भ्रष्टाचारको आरोप

शनिबार भएको बन्दसत्रमा वर्तमान अध्यक्ष घिमिरेलाई सर्वोच्चमा उनी विरुद्ध चलिरहेको भ्रष्टाचारको मुद्धामा प्रतिनिधीहरुले प्रश्न गरेका थिए । उनी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर, विशेष अदालतबाट उनले सफाइ पाइसकेका छन् । विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको थियो । सो मुद्धा हाल विचाराधीन अवस्थामा छ ।

त्यसैगरी, उनको पक्षबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका शाह र शर्मा विरुद्ध पनि बन्दसत्रमा पिएसआईबाट विदेश पठाउँदा संगठनमा छलफल नगरेको र शुक्रवार नै उनीहरु विरुद्ध अख्तियारमा परेको मुद्धाको विषयमा पनि कुरा उठेको एक प्रतिनिधीले बताए । तर, ती विषयको कुनै जवाफ नै नदिई अध्यक्षले बन्दसत्र समापन गरेको विपक्षीहरुले आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ