गृहपृष्ठ ∕ समाचार ∕ डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे हेल्थ आवाज बिहीबार, २०८१ जेठ ३ गते, १७:५० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. गोविन्द केसीले ६ दिन लामो अनशन अन्त्य गरेका छन् । बिहीबार उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै सशस्त्र द्वन्द्वमा माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन श्रेष्ठकी बहिनी सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनशन तोडेका हुन् । उनले अनैतिक शासकहरुका लागि नैतिक याचनाले काम नगरेको भन्दैं आफ्नो २२ औं अनशन जानकारी दिए । डा. केसीले ६ दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहितका ४ बुँदे माग राखेर पशुपति मृगस्थलीमा २२ औं अनशन थालेका थिए । अनशनपछि स्वास्थ्य अवस्था जटिल बनेपछि बुधबार उनलाई त्रिवि शिक्षण अस्पताल महारागन्ज भर्ना गरिएको थियो । डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि बिहीबार त्रिवि अस्पतालले ४ सदस्सीय मेडिकल टिम गठन गरेर उनको उपचार सुरु गरेको अस्पतालमा निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य अवस्था नाजुक बन्दैं गएपछि उनले चिकित्सकहरुको आग्रहमा अनशन अन्त्य गरेको बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न