२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’

उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’


काठमाडौं—पार्टी विभाजनपछि आफ्नै नेता उपेन्द्र यादवलाई प्रतिस्थापन गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका प्रदीप यादवले उपेन्द्रले अगाडि बढाएका योजनाहरुमाथि पनि कैची चलाउन थालेका छन् । मन्त्री भएलगतै भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गर्ने उपेन्द्रको निर्णय बदर गरेका प्रदीपले अहिले योजनाहरुमा पनि कैची चलाउन थालेका हुन् ।

सप्तरीको राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपेन्द्रले १ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेका थिए । उनले प्रतिष्ठानको गुरुयोजनाका लागि ९३ करोड रुपैयाँ र अस्पतालका लागि ७ करोड रुपैयाँ प्रस्ताव गरेका थिए । तर, प्रदीपले यो योजनामा प्रस्तावित दुवै बजेट काटिदिएका छन् ।

बाराको महागढीमाई नगरपालिकाको बरियापट्टी आधारभूत अस्पतालको स्तरोन्नतीमा पनि उपेन्द्रले प्रशस्त बजेट प्रस्ताव गरेका थिए । उनले २५ शैय्याको उक्त अस्पताललाई ५० शैय्याको प्रादेशिक अस्पताल बनाउनका लागि ५० करोड रुपैयाँ छुट्याउने प्रस्ताव अगाडि बढाएका थिए । यो बजेटमा पनि प्रदीपले कैची चलाइदिएका छन् । यो पनि उपेन्द्र यादवले उपनिर्वाचनबाट जितेको क्षेत्र हो ।

त्यसैगरी, प्रतिष्ठानबाहेकका संघीय अस्पतालहरुमा कम्तिमा १ महिनासम्म लाश राख्ने सकिने फ्रीजका लागि १÷१ करोड रुपैयाँ बिनियोजन गर्ने प्रस्ताव गरेका थिए । यो बजेट प्रस्तावलाई पनि प्रदीपले परिवर्तन गर्न लगाएका छन् ।

उपेन्द्रले उक्त बजेट पहुँचका आधारमा सामुदायिक र गैरसरकारी स्वास्थ्य संस्थाहरुलाई बाँडिदैं आएको बजेटबाट प्रस्ताव गरेका थिए । तर, पहुँचवालाको चलखेलपछि नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपले उक्त बजेट काटेर बजेट बाँड्ने पुरानै शैली ब्युताउन खोजेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ