२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने

अब ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट विशेषज्ञ सेवाहरू उपलब्ध गराउने


भक्तपुर—नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । आइतबार प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङका र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले एक साथ रिबन काटेर सो भवनको उद्घाटन गरेका हुन् ।

ऐतिहासिक एवं पुरातात्विक सहर भक्तपुर र त्यस वरपरका मानिसहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै यो आँखा अस्पताललाई तयार गरिएको हो । करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहाकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधासम्पन्न र सशक्त अस्पतालको रुपमा स्तरोन्नती भएको छ ।

कार्यक्रममा डा. सन्दुक रुइतले भक्तपुरका हरेक नागरिकको पहुँचमा यस आँखा अस्पताल रहेको र कलाकृतिका कौशल शिल्पकारहरुको आँखा स्वास्थ्यमा आफू र संस्था प्रतिबद्ध रहेको जानकारी गराए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेवा दिने क्रममा सेवाग्राहीलाई प्राथमिकतामा राखेर उत्कृष्ट सेवाग्राही अनुभव प्रदान गर्न शुभकामना दिए ।

अस्पताल स्थानीय सरकार, सिइङ इज बिलिभिङ, हिमालयन क्याटर्याक्ट प्रोजेक्टसँगको सहकार्यमा सञ्चालित छ । सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ