२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसोह्रौं पञ्चवर्षीय योजना: स्वास्थ्य प्रणाली सुधारका लागि लगानी अभिवृद्धिदेखि औषधी र खोप उत्पादनमा आत्मनिर्भरसम्म

सोह्रौं पञ्चवर्षीय योजना: स्वास्थ्य प्रणाली सुधारका लागि लगानी अभिवृद्धिदेखि औषधी र खोप उत्पादनमा आत्मनिर्भरसम्म

यी हुन् स्वास्थ्यका प्रमुख ६ कार्यक्रम


काठमाडौं—सरकारले सोह्रौं पञ्चवर्षीय योजनामा आधारभूत स्वास्थ्य निःशुल्क प्रदान गर्ने रणनीतिक लक्ष्य अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको सोह्रौं पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२—२०८५/८६) मा आधारभूत स्वास्थ्य प्रणाली निःशुल्क गर्नेदेखि स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि लगानी अभिवृद्धि गर्ने विषय समेटिएका छन् ।

यस्तै, योजनामा गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य बीमा प्रणालीलाई पुनःसंरचना गरी सबल बनाउने, समग्र स्वास्थ्य प्रणालीको अत्याधिक र उच्चतम प्रविधिकरण गर्ने उल्लेख छ । यस्तै, गुणस्तरीय, भरपर्दो र एकीकृत स्वास्थ्य प्रणालीको विकास गर्ने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने, बहुक्षेत्रीय र बहुपक्षीय अवधारणा अवलब्ध गर्ने, जनसांख्यिक लाभांशको अधिकतम उपयोग गर्ने कुरा पनि योजनामा सेटिएको छ ।

यस्तै, पञ्चवर्षीय योजनामा अध्ययन, अनुसन्धान तथा तथ्यमा आधारित स्वास्थ्य व्यवस्थापन प्रणालीको विकास गर्ने, औषधी, औषधीजन्य सामाग्री र खोपको उत्पादनमा आत्मनिर्भर हुने, स्वास्थ्य क्षेत्रमा सुशासन र सामाजिक न्याय कायम गर्ने र विद्यमान संचालनमा रहेका कार्यक्रमहरु पुनःमुल्यांकन र परिमार्जन गर्ने उल्लेख छ ।

सोह्रौं पञ्चवर्षीय योजनामा स्वास्थ्यका प्रमुख कार्यक्रममा स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि कार्यक्रम, आधारभूत र सामुदायिक स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम, स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षाको एकीकृत कार्यक्रम, स्वास्थ्य सेवा एवं प्रदायक संस्थाहरुको गुणस्तर अभिवृद्धि गर्ने कार्यक्रमलाई अगाडि सारिएको छ ।

यसैगरी, सघन स्वास्थ्य क्षेत्र मानव संशाधन प्रणाली विकास तथा संचालन कार्यक्रम र स्वास्थ्य क्षेत्र डिजिटलाइजेसन कार्यक्रमलाई प्रमुख कार्यक्रममा रुपमा समेटिएको छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ