२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ?

कान्ति बाल अस्पतालमा कस्तो अप्रेशन गर्दा कति लाग्छ खर्च ?


काठमाडौं—मुलुककै प्रमुख बाल अस्पताल कान्ति बाल अस्पतालले सामान्यदेखि जटिल शल्यक्रियासम्मका शुल्क सर्वसाधारणले सहजै हेर्न सकिने गरी सार्वजनिक गरेको छ । बिहीबारदेखि अस्पतालले नागरिक बडापत्रमै शल्यक्रिया शुल्क सार्वजनिक गरेको हो ।

अस्पतालले ८ प्रकारका शल्यक्रियाको वर्गीकरण गरेर शुल्क सार्वजनिक गरेको हो । जसअनुसार सामान्य शल्यक्रियाअन्तर्गत ए र बी वर्गीकरण गरेका छ, जसमा ए को १ हजार ८०० रुपैयाँ र बी को ३ हजार रुपैयाँ शुल्क रहेको छ ।

यस्तै, मध्यम खालको शल्यक्रियाको ६ हजार रुपैयाँ र ७ हजार २०० रुपैयाँ शुल्क छ । जटिल शल्यक्रियाको १२ हजार रुपैयाँ र १४ हजार ४०० रुपैयाँ शुल्क रहेको छ । यसैगरी, अति जटिल शल्यक्रियाको १८ हजार रुपैयाँ र २१ हजार ६०० शल्यक्रिया शुल्क छ ।

अस्पतालका शल्यक्रिया विभाग प्रमुख प्रा.डा. विजय थापाकाअनुसार यो शुल्क पहिले नै तोकिएकातापनि सर्वसाधारणलाई सहज रुपमा जानकारी होस् भनेर बिहीबारबाट बडापत्र नै राखिएको छ । बडापत्रमा राखिएको शुल्क शल्यक्रियाको मात्र भएको र यसमा औषधीको शुल्क नजोडिएको पनि उनले स्पष्ट पारे ।

‘शुल्कका विषयमा सर्वसाधारणमा सहज जानकारी होस् भनेर हामीले बडापत्रमै शुल्क राखिदिएका हौं,’ उनले भने, ‘हाम्रो अस्पतालको शुल्क बाहिरका अन्य अस्पतालका तुलनामा निकै कम छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ