२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशारीरिक रुपमा फिट हुन भन्दै रसियाली राष्ट्रपति पुटिनले लिने ब्लड बाथ के हो ?

शारीरिक रुपमा फिट हुन भन्दै रसियाली राष्ट्रपति पुटिनले लिने ब्लड बाथ के हो ?


रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको राजनीतिक उचाई जति छ, फिटनेसको दुनियामा उत्तिकै प्रख्यात छन् । पुटिनको लोभलाग्दो जीवनशैलीका कारण उनी प्राय संचार माध्यममा छाइरहन्छ । शारिरिक रुपमा फूर्तिलो देखिन ६७ बर्षीय पुटिन नियमित व्यायायम त गर्छन नै त्यसबाहेक यौनबद्र्धक औषधी पनि खान्छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार पुटिन नियमितजसो बाहसिंगेको सिङको रगतले नहुाउछन् । यसले पुरुषको यौन क्षमता बढाउने र  बिभिन्न रोगबाट बचाउने कतिपय रसियालीको विश्वास छ ।

रगत निकाल्नुअघि फार्ममा लगिएको बाह्सिंगे । तस्बिरः एजेन्सी

को को गर्छन् ब्लड बाथ ?

रसियामा प्रायः उच्च तहका व्यक्ति बाहसिंगेको सिङबाट निस्कने रगतले नुहाउछन् ।  पूर्व प्रधानमन्त्री दिमित्री मेदभेद पनि कुनै बेला ब्लड बाथ गर्थे । उनलाई पछ्याउदै पुटिनले बर्षैदेखि रातोे बाह्सिंगको सिङको रगतबाट स्वास्थ्य लाभ लिदै आएको बताइन्छ । रसियाको एक म्यागेजिनका अनुसार पाँच वर्षअघि साईबेरिया भ्रमणका क्रममा इटालिका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाइ पुटिनले जनाबारको ब्लड बाथ लिन सुझाब दिएका थिए । पूर्व प्रधानमन्त्री बर्लुस्कोनी विभिन्न सेक्स स्क्यान्डमा मुछिएका थिए ।आफ्नो अनुहारको चमक कायमै राख्न रसियाली टेलिभिजन प्रस्तोता लिना लेनिना पनि नियमित जसो ब्लड बाथ गर्छिन ।

बाह्सिगेको सिङबाट निकालिएको रगत । तस्बिरः डेलीमेल

ब्लड बाथले गर्छ विभिन्न रोगको उपचार
विज्ञहरुका अनुसार हरिणको सिंङ र बाह्सिंगको रगत पुरुषको यौन क्षमता बृद्धिका लागि महत्वपूर्ण ‘टोनिक’ हो । ब्लड बाथ गर्दा यसले शरिरका मांशपेशी, दाँत तथा हड्डी मझबुत बनाउनुका साथै आँखाको भिजन तेज बनाउछ । ब्लड बाथले मानिसको श्रबण शक्ति बनाउनुका साथै निमोनिया, जोर्नी, दम, जलन, हड्डी कमजोर र मेरुदण्डको समस्या समाधान हुन्छ । बाहसिंगेलाई १५औं शताब्दीको रसियाली साहित्यमा सुनको सिंग भनिन्थ्यो ।

तस्बिरः डेली मेल

बाहसिंगेको सिङ र सेक्स पावर
रुसको साईबेरियामा पाईने बाहसिंगेको सिङबाट निकालिएको रगत सेक्स क्षमता बढाउन कतिपयको विश्वास छ । साईबेरियाको बाहसिंगे र हरिणको १० ग्राम रगत हजारौ डलर पर्छ । यौन दुर्वलता जस्ता समस्या समाधान हुने भएकोले विभिन्न देशमा यसको माग बढ्दो छ । संसारका केही तानाशाह र राजनीतिज्ञले यसको नियमित प्रयोग गर्दै आएको विभिन्न विवरणमा भेटिन्छ ।  जंगलभित्रै रहेका विभिन्न फार्म हाउसबाट बोतलमा रगत विक्री हुन्छ । यसलाई भियग्रा ब्लड समेत भनिन्छ । यो रगत चीन, दक्षिण कोरियालगायत केही एशियाली मुलुकमा आपूर्ती हुन्छ । उत्तर कोरियाली नेता किम जोङ उन यसको नियमित प्रयोग गर्छन ।

डेली मेलको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ