२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा

गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा


पोखरा—गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दै थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा र आर्थिक मामिला मन्त्रीमा टकराज गुरुङलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

स्वास्थ्यमन्त्री थापा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता हुन् । उनी गण्डकीका पूर्व कानुनमन्त्री थिए । उनी कास्की–२ (ख)बाट निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ