२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएण्डसी, विराटसहित १० मेडिकल कलेज*मा पुन: विमा सेवा सुरु हुँदैं

बीएण्डसी, विराटसहित १० मेडिकल कलेज*मा पुन: विमा सेवा सुरु हुँदैं


काठमाडाैं- स्वास्थ्य विमा बाेर्डले १० वटा मेडिकल कजेल*लाई विमा सेवा सुरु गर्न दिने निर्णय गरेकाे छ ।

साउन १ गतेबाट लागू हुने गरि मेडिकल कलेजहरुलाई स्वास्थ्य विमा कार्यक्रम संचालन गर्न दिने निर्णय गरेकाे हाे ।

विमा संचालनकाे लागि स्वीकृत दिएका मेडिकल कलेजहरुमा बीएण्डसी, विराट, नाेवेल, किष्ट, नेपाल, मनमाेहन, नेपालगञ्ज, चितवन, देवदह र काठमाडाैं मेडिकल कलेज रहेका छन्।

विमा बाेर्डका निर्देशक डा. दामाेदर बसाैलाका अनुसार सेवा सञ्चालनका लागि निवेदन दिएर प्रक्रिया पुगेका संस्थालाई साउन १ बाट सेवा संचालन गर्ने गरी शुक्रबार सम्झाैता गरिएकाे जानकारी दिए ।

उनले ठूला सेवा प्रदायक संस्था थपिएसँगै सेवाग्राहीलाई सहज हुने बताए ।

*यसअघि भुलबस ९ वटा मेडिकल कलेज भएका सच्चाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ