२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट काम गरेकामा नेपाली डा. बमलाई इन्डोनेशिया सरकारको एवार्ड

सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट काम गरेकामा नेपाली डा. बमलाई इन्डोनेशिया सरकारको एवार्ड


काठमाडौं—सूर्तिजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ट योगदान गरेको भन्दैं डा. तारा सिंह बमलाई इन्डोनेशिया सरकारले एवार्ड प्रदान गरेको छ । इन्डोनेशियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा. बमलाई एवार्ड प्रदान गरेका हुन् ।

१७ वर्षदेखि लगातार इन्डोनेशिया तथा विश्वमै सूर्तिजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा. बमलाई उक्त एवार्ड प्रदान गरिएको हो ।

डा. बमले सूर्तिजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् ।

उनी यसअघि लामो समय इन्टरनेशनल युनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एसिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए । डा. बम अहिले भाइटल स्टार्टेजी नामक संस्थामा टोबाको कन्ट्रोल कार्यक्रमका एशिया प्यासिफिक प्रमुख छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ