२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको निर्णयः वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई मेसु

स्वास्थ्यमन्त्रीको निर्णयः वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई मेसु


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिएका छन् । बुधबार मन्त्री यादवले चार वटा निकायका प्रमुखहरु फेरबदल गर्ने गरेका वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिएका हुन् ।

पूर्वी नेपालकै सबैभन्दा ठूलो अस्पताल कोशी अस्पतालबाट ११ औं मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झालाई हटाएका छन् । उनको ठाउँमा उनीभन्दा कनिष्ठ १० औं तहका डा. रविनराज सिंहलाई मेसुको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी, ११ औं तहकै डा. श्रीराम तिवारीलाई भरतपुर अस्पतालको मेसुबाट हटाएका छन् । डा. तिवारीको ठाउँमा पनि १० औं तहका कनिष्ठ कृष्णप्रसाद पौडेललाई मेसुको जिम्मेवारी दिएका हुन् ।

पछिल्लो समय वरिष्ठलाई जिम्मेवारी दिने काम भइरहेका बेला मन्त्री यादवले भने उल्टो यात्रा सुरु गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै उनका यस्ता निर्णयको आलोचना सुरु भएको छ ।

मन्त्री यादवले बुधबार नै आयुर्वेद विभागको रिक्त रहेको महानिर्देशकमा डा. प्रदीप केसी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा. यदुचन्द्र घिमिरेलाई जिम्मेवारी दिएका छन् । डा. घिमिरे लामो समयदेखि फाजिलमा रहेर मन्त्रालयमा हाजिर गरिरहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ