२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. शाह र डा. नेपालसहित ६ जना नेपाल मेडिकल काउन्सिलको सदस्यमा नियुक्त

डा. शाह र डा. नेपालसहित ६ जना नेपाल मेडिकल काउन्सिलको सदस्यमा नियुक्त


काठमाडौं-सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त ६ सदस्य पदमा ६ जना चिकित्सकहरुलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ रिक्त स्थानमा सदस्य नियुक्त गरेको हो ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप यादवकाअनुसार डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, डा. रवीन्द्र श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशीलाई काउन्सिलको सदस्यमा नियुक्त गरिएको हो । ‘आजको क्याबिनेटले उहाँहरु ६ जनालाई सदस्यमा नियुक्त गरेको हो,’ मन्त्री यादवले हेल्थआवाजसँग भने ।

डा. शाह डिनहरुमध्येबाट नियुक्त भएकी हुन् । त्यही कारण डा. शाहबाहेक अन्यको कार्यकाल चार वर्षको हुनेछ ।

डा. शाह भने डिन रहुन्जेलमात्रै काउन्सिलको सदस्य हुनेछिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ