२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश

बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश


काठमाडौं-झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीसद्धय कुमार चुडाल र सारंगा श्रेष्ठको संयुक्त इजलासले १२ चैतमा गरेको फैसलाको पूर्णपाठमा बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयका नाममा परमादेश जारी भएको हो ।

सर्वोच्चले यही वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन भनेको छ । ‘उक्त राष्टिय चिकित्सा नियमावली, २०७७ को उपनियम (१), (३), र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक सत्रदेखि एम.बी.बी.एस.को विदार्थी भर्ना तथा कक्षा संचालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नु गराउनु भनी प्रत्यर्थीहरु काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ,’ सर्वोच्चको फैसलामा छ ।

यससँगै लामो समयदेखि मनसायपत्र लिएर पनि एमबीबीएस पढाउन नपाएको बीएण्डसी मेडिकल कलेजले अब एमबीबीएस अध्यापन गराउन पाउने भएको छ । कलेजले पूर्वाधार र जनशक्तिमा ठूलो लगानी गरेपनि चिकित्सा शिक्षा ऐन बाधक भएको कारण देखाउँदैं सम्बन्धन दिइएको थिएन ।

त्यस विरुद्ध बीएण्डसी सर्वोच्च अदालत गएको थियो । जसमाथि १२ पुसमा सर्वोच्चले सम्बन्धन दिने फैसला सुनाएको थियो ।

अब १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले बीएण्डसीलाई एमबीबीएस पढाउन सम्बन्धन दिनुपर्ने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ