२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

१६ असारसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क


काठमाडौं—मुलुककै जेठो वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क हुने भएको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर वीर २७ जेठदेखि १६ असारम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सेवा दिनेछ ।

अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रकाअनुसार यो शल्यक्रिया गर्दा निजी स्वास्थ्य संस्थामा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म खर्च हुन्छ । वीरमा दैनिक ६ देखि ८ जना ब्रेन ट्युमरका बिरामीहरु उपचारका लागि आउने अस्पतालले जनाएको छ ।

नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरका शल्यक्रिया सुरु गर्ने अस्पताल पनि वीर नै हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ