२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ११ औं तहका ६ जना उच्च अधिकारीहरुको पदस्थापना, कसको कहाँ ?

स्वास्थ्यका ११ औं तहका ६ जना उच्च अधिकारीहरुको पदस्थापना, कसको कहाँ ?


काठमाडौं-मन्त्रालयले ६ जना ११ औं तहका स्वास्थ्यका अधिकारसीहरुको पदस्थापन गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले विभिन्न विधाका ४ जना प्रमुख कन्सल्ट्यान्ट चिकित्सक, एक जना प्रमुख जनस्वास्थ्य प्रशासक र एक जना प्रमुख मेडिकल सुपरिटेन्डेन्टको विभिन्न संघीय अस्पताल र विभागमा पदस्थापन गरेका हुन् ।

मन्त्रालयले प्रमुख कन्सल्ट्यान्ट नेफ्रोलोजिष्ट डा. विकास खत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदस्थापन गरेको छ । यसैगरी, प्रमुख कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. रामेश्वर देवकोटालाई कोशी अस्पताल विराटनगरमा पदस्थापन गरेको छ ।

प्रमुख कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्ट डा. पुष्पराज पौडेललाई कान्ति बाल अस्पताल, प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन डा. एन्जिला घिमिरेलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पठाएको छ ।

यस्तै, प्रमुख जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटालाई स्वास्थ्य सेवा विभागमा पदस्थापना गरी मन्त्रालयका कामकाज तोकिएको छ । यसैगरी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजीव रिजाललाई स्वास्थ्य सेवा विभागमा पदस्थापन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ