२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका नवौं तहका १० जना अधिकारीको पदस्थापन, को कहाँ ?

स्वास्थ्यका नवौं तहका १० जना अधिकारीको पदस्थापन, को कहाँ ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहका १० जना अधिकारीहरुको पदस्थापना गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले नवौं तहका १० जना अधिकारीहरुको मातहतका विभिन्न निकाय तथा अस्पतालहरुमा पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

जसमध्ये ६ जना कन्सल्ट्यान्ट चिकित्सकहरु छन् । कन्सल्ट्यान्ट चिकित्सकहरुमध्येबाट कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लिला देवकोटाको भेरी अस्पताल नेपालगन्ज, कन्सल्ट्यान्ट डर्माटोलोष्टि डा. कमलप्रसाद आचार्यको कोशी अस्पताल विराटनगर, कन्सल्ट्यान्ट ईएनटी सर्जन डा. नरेन्द्रकुमार श्रेष्ठको कान्ति बाल अस्पतालमा पदस्थापन गरिएको छ ।

यसैगरी, कन्सल्ट्यान्ट प्याथोलोजिजष्ट डा. गौरव साहको कोशी अस्पताल विराटनगर, कन्सल्ट्यान्ट सर्जन डा. सन्तोष श्रेष्ठको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. वसन्त रेग्मीको भेरी अस्पताल नेपालगन्जमा पदस्थापना गरिएको छ ।

उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्टद्वय सुरज बराल र उर्मिला कँडेलको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट संजोग तिमिल्सिनाको नारायणी अस्पताल वीरगन्ज र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक अरुण ज्ञवालीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदस्थापन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ