२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारब्रेकफास्टपछि व्यायम गर्ने कि खाली पेट ?

ब्रेकफास्टपछि व्यायम गर्ने कि खाली पेट ?


विहान ब्रेकफास्टअघि व्यायम गर्ने की ब्रेकफास्टपछि ? यसबारेमा लामो समयदेखि स्वाथ्य विज्ञहरुले बहस गर्दै आएका छन् । पहिला खानेकुरा खाएपछि मात्र व्यायम गर्नुपर्छ भन्ने पक्षघरका मानिसरुले खानाअघिको व्यायमले ब्लड सुगर सशक्त पार्ने, शरिरलाई आवश्यक उर्जा प्रदान गर्ने र व्यायम गर्न तागत दिने तर्क गर्छन ।

व्यायम अघिको खानेकुराले मानिसलाई कमजोर हुने वा रिंगटा लाग्ने समस्याबाट पनि जोगाउने उनीहरुको भनाइ छ । तर व्यायमपछि खानेकुरा खानुपर्छ भन्ने पक्षधरको भने नितान्तै फरक मत छ । खाली पेटमा व्यायम गर्दा धेरै फ्याट बर्न गर्न सहयोग मिल्ने उनीको दावी छ ।

बेलायतमा यसै विषयमा हालै भएको एक अध्ययनले पछिल्लो विचारलाई समर्थन गरेको छ । ब्रेकफास्ट लिनुअघि व्यायम गर्ने मानिसहरुको तौल ब्रेकफास्टपछि व्यायम गर्ने मानिसको भन्दा केही छिटो तौल घटेको थियो ।

खानेकुरा नखाई व्यायम गर्दा शरिरमा अतिरिक्त उर्जा नहुदा व्यायमकर्ताहरु अतिरिक्त कार्बोाईड्रेडमा निर्भर रहने र त्यो पनि सिद्धिएपछि फ्याट सेल्समा भर पर्ने बताइन्छ ।

व्यायमअघि खानेकुरा नखाने आदतले मानिसको माशंपेशी इन्सुलीनप्रति बढी प्रतिकृया जनाउदा हाई ब्लड सुगर नियन्त्रण गर्नुका साथै डायबिटिज र मुटुको रोग घटाएको थियो ।

‘ब्रेकफास्टअघि व्यायम गर्ने इन्सुलिनलाई प्रतिक्रिया जनाउने क्षमता वृद्धि गरेको थियो । तर, दुवै समूहका व्यक्तिहरुले तौलको मात्रा भने उस्तै परिणाममा घटाउन सफल भएका थिए,’ युनिर्भसिटी अफ बाथको स्वास्थ्य विभागका व्यायम मनोविज्ञ जाभियर गोञ्जालेजले भने ।

त्यस्तै, युनिर्भसिटी अफ बाथले व्यायम गर्ने १० पुरुषको बारेमा अर्को एउटा अध्ययन गरेको थियो । भोकै अर्थात ब्रेकफास्टअघि व्यायम गर्दा लोवर ब्लड सुगरका कारण व्यायमकर्ताले धेरै फ्याट बर्न गर्न सफल भएका थिए ।

तर, विज्ञहरुले आफूहरुलाई जे गर्दा उपयुक्त हुन्छ सोही बमोजिम व्यायाम गर्नुपर्ने व्यायमकर्तालाई अनुरोध गरेका छन् ।

सीएनएनको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ