२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त

भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त


काठमाडौं—नेपालगन्जस्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।

वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले कोभिड—१९ अघि र कोभिड—१९ का बेला पनि भेरीको जिम्मेवारी सम्हालिसकेका हुन् ।

नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो ।

यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझी रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ