२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेपोनको निर्वाचमा आएका प्रतिनिधिको साझा गुनासोः समायोजनले घर न कार्यस्थल

हेपोनको निर्वाचमा आएका प्रतिनिधिको साझा गुनासोः समायोजनले घर न कार्यस्थल


काठमाडाैं-नेपाल साँस्कृतिक संघमा मध्यान्हको चर्को घाम छ । कोही आफ्नो मोबाइल फोनमा ब्यस्त देखिन्थे त कोही आपसी गफमा । अधिकांश व्यक्ति झुण्ड– झुण्डमा देखिन्थ्ये । कसैले जिज्ञासा राखेका थिए भने कोही आक्रोशित भावमा देखिन्थे । यो दृश्य हो आइतबार नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) को सातौं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको । समायोजनको विषयले महाधिवेशन नै चुनाबी माहोल नै ओझेलमा पारेको थियो ।

महाधिवेश प्रतिनिधि बोलराज आचार्य भन्दै थिए, ‘स्वास्थ्य समायोजन नहुँदासम्म सजिलै थियो । तर, अहिले स्वास्थ्यकर्मी झन अप्ठ्यारोमा छन ।’ केन्द्रीय सह—सचिवको दाबेदार रहेका उनी भन्दै थिएँ, ‘समायोजनले पूर्वको स्वास्थ्यकर्मीलाई पश्चिम पु¥याई दिएको छ, पश्चिमकोलाई उत्तर । एकै घरका श्रीमान्÷श्रीमतीलाई समेत एक आपसबाट छुट्याएर घरवारविहिन बनाइ दिएको छ । मिलाउन मिल्ने हुँदाहुँदै पनि यसले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको छ ।’

आचार्यसँगै उभिएका अर्का प्रतिनिधि चिरञ्जीवी शाहले हेल्थ आवाजसँग भने, ‘समायोजन पूर्ण रुपमा व्यक्तिको इच्छा विपरित छ । सोर्स फोर्सको आधारमा व्यक्ति चुनिएका छन् । एकै प्रकारको प्रक्रिया सबैमाथि लागु भएको देखिदैन् । आफ्ना तथा मन परेको व्यक्तिलाई राम्रो ठाउँमा र अन्यलाई मन लाग्दो ठाउँमा तोकिएको छ ।’ शाहले करिब १५ वर्षदेखि बाजुरामा सेवा दिदै आएका थिए । तर, समायोजनले उनलाई प्रदेश नं १ मा पु¥याएकोले असन्तुष्ट छन् ।

हेपोनको नयाँ नेतृत्वका लागि मतदान गर्न आएका र निर्वाचनमा आफै प्रतिनिधिको रुपमा उठेका अधिकांश व्यक्तिहरु समायोजन प्रक्रियामाथि असन्तुष्ट नै देखिन्थ्ये ।

अर्का निर्वाचन प्रतिनिधि किरण वलीले पनि स्वासथ्य तथा जनसंख्या मन्त्रालयले गरेको समायोजन प्रक्रियालाई गाईजात्राको उपमा दिएका छन् । स्वास्थ्य सेवामा १८ वर्षदेखि सेवा प्रदान गर्दै आएका उनले मन्त्रालयले एउटै दरबन्दीमा ५ जना मान्छे पठाएको बताए । ‘समायोजन भयो अब यसले चाहीं राम्रो गर्ला भन्ने आशा राखेका थियौं । तर, यसले धेरै बेथिती निम्त्याएको छ ।’ प्रत्येक दिन जनतासँग नजिक भएर र उनीहरुको सेवामा ऐक्यवद्ध हुने स्वास्थ्यकर्मीलाई मारमा पारेको भन्दै उनले यसविरुद्ध स्वास्थ्यकर्मीहरु आन्दोलनमा समेत उत्रिन सक्ने बताए ।
घर न कार्यस्थल पु¥याएको गुनासो गर्दै रामचन्द्र पाण्डेले समायोजनले स्वास्थ्यकर्मीलाई अन्यायमा पारेको गुनासो गरे । तहगत र मर्यादापूर्ण समायोजन हुनुपर्नेमा त्रुटीपूर्ण रहेको भन्दै समायोजनमा आफ्नै क्षेत्र अन्तर्गत पर्ने स्वास्थ्यकर्मी पनि यसप्रति असन्तुष्ट देखिन्थे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ