२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरामा डा. केसीका समर्थकले निकाले राँके जुलुस

डडेल्धुरामा डा. केसीका समर्थकले निकाले राँके जुलुस


अमरगढी-डडेल्धुरामा डा.गोविन्द केसीको समर्थनमा राँके जुलुस निकालिएको छ। आ\इतबार डडेल्धुरा नागरिक समाजको अगुवाइमा जुलुस निकालिएको हो।

त्यसका साथै समर्थकहरुले आज सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएका थिए । सदरमुकाम क्षेत्रमा बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । उक्त कार्यक्रम भने उद्योग वाणिज्य संघको नेतृत्वमा गरिएको थियो।

अहिले जिल्लामा सत्याग्रहमा रहेका डा. केसीको सर्मथनमा दैनिक विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । अनसनरत डा. केसीको समर्थनमा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्ल, नेपाली कांग्रेस डडेल्धुरा, त्यहाँको नागरिक समाज, अगुवाहरु, नेविसंघ, पेशाकर्मी एवं व्यवसायिक संघसस्थाहरुको अगुवाइमा दवावमुलक र्‍याली आयोजना भइरहेका छन्।

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह आज सातौ दिन पनि जारी छ। ७ बुँदे मागसहित आफ्नो १७ औँ अनशन थालेका उनि डडेल्धुरा अस्पतालमा भर्ना भएका छन। अनशनको पाचौँ दिनमा शरिरमा पानीको कमी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ