२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वी नेपालले गुमायो अब्बल सर्जन प्रा. डा. रामकुमार

पूर्वी नेपालले गुमायो अब्बल सर्जन प्रा. डा. रामकुमार


काठमाडौं—विराट मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ सर्जन प्रा.डा. रामकुमार सिंहको निधन भएको छ । सोमबार विहान भ्रमणका सिलसिलामा अजरबैजानको राजधानी बाकु पुगेका सिंहको अचानक निधन भएको विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।

‘विदा मनाउनका लागि निस्किनुभएको थियो,’ उनले भने, ‘हिजो विहान अजरबैजानको राजधानी बाँकुमा उहाँको अचानक निधन भएछ ।’ ६० वर्षीय डा. सिंह पूर्वी नेपालका कहलिएका वरिष्ठ सर्जन हुन् ।

डा. कार्कीले सहकर्मी सिंहको आकस्मिक, असामयिक र अप्रत्यासित निधनले आफ्नो दायाँ हात नै भाँचिएको बताए । ‘उहाँको त मेरो दायाँ हात नै हुनुहुन्थ्यो,’ उनले भने, ‘यो क्षेत्रकै एक होनहार चिकित्सक हामीले गुमायौं । यसले पूर्वी क्षेत्रलाई मात्रै होइन्, नेपालकै चिकित्सा जगतलाई अपुरणीय क्षति पुगेको छ ।’

बिदा मनाउन परिवारसहित बाँकु पुगेका डा. सिंहले सोमबार विहान असहज महसुस गरेका थिए । त्यसपछि श्रीमतीलाई उनले आफू राम्रोसँग सुत्न नसकेको बताएका थिए । ‘त्यसपछि श्रीमतीले बाहिर निस्किन अझै केही समय छ आराम गर्नुहोस् भन्नुभएछ । सुतेपछि चिया बनाइदिउ भनेर उठाउँदा त बोल्नु नै भएनछ,’ डा. कार्कीले हेल्थआवाजसँग भने, ‘साइलेन्ट म्यासिभ हर्टअट्याक भएको हुन सक्ने देखिन्छ ।’

थारु कम्युनिटीबाट आएर अब्बल सर्जनको परिचय बनाएका डा. सिंहसँग डा. कार्कीको २० वर्ष लामो अनवरत सहकार्य थियो । ‘उहाँ निकै अब्बल सर्जन हुनुहुन्थ्यो,’ उनले भने, ‘मेरो त हातै भाचियो ।’

मरेठबाट एमबीबीएस गरेका डा. सिंहको जन्म पर्सामा भएको हो । पिजीआई चण्ढीगढबाट एमएस गरेका उनी हाल भने विराटनगरमै घर बनाएर बसोबास गर्दै आएका थिए । उनका दुई छोराछोरीमध्ये छोरीले एनेस्थेसियामा एमडी सकेकी छन् भने छोरा अहिले आँखा रोगमा विशेषज्ञता हासिल गर्दैछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ