२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने

डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने

डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । बुधबार मन्त्रालयले डेंगीका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको विभाग, संंघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजका प्रमुखहरुसँगको बैठकले सो निर्णय गरेको हो ।

बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै, कार्यालय र अस्पताल परिसरमा हरेक शुक्रबार सरसफाइका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ