२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी सनम महर्जन पाँच दिनदेखि सम्पर्कबिहीन

आईओएमका एमबीबीएस अन्तिम वर्षका विद्यार्थी सनम महर्जन पाँच दिनदेखि सम्पर्कबिहीन


काठमाडौं—चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगंज मेडिकल क्याम्पसका एमबीबीएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी सनम महर्जन पाँच दिनदेखि सम्पर्कबिहीन रहेका छन् । आइतबार २ बजेदेखि सनम मोबाइल, पर्सलगायतका सामाग्रीहरु घरमै छोडेर सम्पर्कबिहीन भएको महाराजगन्ज मेडिकल क्याम्पसका स्ववियु सभापति आनन्द सिंहले जानकारी दिए ।

‘उहाँ आइतबार २ बजेदेखि सम्पर्कबिहीन हुनुभएको हो,’ उनले भने, ‘पर्स, मोबाइललगायतका सामाग्री घरमै छोडेर कहाँ हिड्नुभएको भन्ने परिवारको भनाइ छ । अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।’ सनम महाराजगन्ज मेडिकल क्याम्पसका ३८ औं ब्याचका विद्यार्थी हुन् ।

सनमकी दिदी नगिना महर्जनकाअनुसार २६ वर्षीय उनी आइतबार दिउँसो कुसुन्तीको विष्णुदेवी मन्दिर क्षेत्रबाट सम्पर्कबिहीन भएका हुन् । ‘कुसुन्तीको विष्णुदेवी मन्दिर क्षेत्रबाट सम्पर्कबिहीन भएका हुन्,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै जानकारी पाउन सकेका छैनौ ।’ उनी गोदावरी टौखेलका स्थानीयवासी हुन् ।

सनमले निलो रंगको माथिल्लो लुगा र खरानी कलरको पाइन्ट लगाएका छन् । भेट्ने व्यक्तिले उनको परिवार अथवा नजिक प्रहरी चौकीमा खबर गरिदिन पनि परिवारले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ