२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीको अनसनमा ऐक्यबद्धता जनाउन डडेल्धुरा पुगे डाक्टरहरु

डा. केसीको अनसनमा ऐक्यबद्धता जनाउन डडेल्धुरा पुगे डाक्टरहरु


काठमाडौं–डडेलधुरामा गएर १७ औं अनसनमा बसेका प्रा.डा. गोविन्द केसीलाई समर्थन गर्न आगामी चिकित्सक संघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवारसहितको टोली डडेल्धुरा पुगेको छ ।

आगामी माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका डा. पुष्पमणि खरालसहित डक्टर्स सोसाइटी अफ नेपालकी अध्यक्ष डा. तोषिमा कार्की र मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्री पुगेका छन् ।

अनसनको सातौ दिन उनीहरु डडेललधुरा पुगेका हुन् । आफूहरुले आइतबार राती र सोमबार बिहान डा. केसीलाई भेटगरी ऐक्यबद्धता जनाएको अध्यक्षका प्रत्यासी खरालले जानकारी दिए ।

भेटपछि जारी उनीहरुको जारी गरेको विज्ञप्तीमा डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको र अनसनरत डडेल्धुरा अस्पतालमा उनको थप उपचारका लागि प्रविधी र जनशक्तिको कमी रहेको भन्दै तत्काल डा. केसीसँग छलफल गरी सुविधासम्पन्न अस्पतालमा लैजान समेत माग गरिएको छ ।

भेटमा आफूहरुले डा. केसीलाई जीवन रक्षाका लागि काठमाडौमै गएर आनसन बस्न आग्रह गरेको डा. खरालले बताए । तर, डा. केसीले डडेलधुराबाट अन्त जान मानिरहेका छैनन् ।

अनसनमा ऐक्यबद्धता जनाउन पुगेकी डक्टर्स सोसाइटीकी अध्यक्ष डा. कार्कीले प्रशासनले जबरजस्त अनसनस्थलबाट उठाउन खोजिरहेको तर डा. केसीले नमानिरहेको बताइन् । ‘सरकारले जुम्लामाजस्तै अपहरणको शैलीमा सरलाई अन्य ठाउँमा लैजान खोजिरहेको छ, उहाँले मान्नुभएको छैन्,’ डा. कार्कीले हेल्थआवाजसँग भनिन्, ‘सरले यहाँका जनता र मेरो अनसनको अपमान नहुनेगरी सरकारले सम्बोधन गर्छ भनेमात्र म जान तयार छु भन्नुभएको छ ।’

डा. कार्कीकाअनुसार डा. केसीको शरीरमा चिनीको मात्र कम हुँदै गएको छ भने पिसाबमा संक्रमण देखिन थालेको छ । साथै रक्तचाप पनि न्युन रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ