२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजीपी कोइराला राष्ट्रिय श्वासप्रस्वास केन्द्रलाई ३०० शैय्या बनाउने प्रक्रिया सुरू

जीपी कोइराला राष्ट्रिय श्वासप्रस्वास केन्द्रलाई ३०० शैय्या बनाउने प्रक्रिया सुरू

१००० शैय्यासम्म विस्तार गर्ने स्वास्थ्यमन्त्री पौडेलको योजना


काठमाडौं—तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । २७ साउनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा तीन सय शैय्या थप गर्ने सम्बन्धि घोषणा गरेका थिए ।

सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालमा श्वासप्रस्वास सम्बन्धी उपचार सेवाका लागि तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रस्वास सम्बन्धि देशकै एकमात्र विशिष्टीकृत अस्पतालमा हाल त्यहाँ ५० जनरल वार्ड मात्र छन् । जसका कारण श्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन ।

डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा. श्रेष्ठले बताए । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नै कार्यकालमा अस्पतालको कामलाई गति दिने घोषणा गरेकाले यसैपाली विस्तारको काम अघि बढ्नेमा उत्साही बनेको डा. श्रेष्ठले बताए । अस्पतालले थप सात सय शैय्यासहित एक हजार शैय्या बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । यसका लागि समेत थप पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ