२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं

भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं

४६ जना हटाइएका कर्मचारीमध्ये एक दर्जन पहुँचवालाका मान्छेलाई पुनः काममा फर्काइयो


काठमाडौं–तलब दिन नसकेको भनेर एकै पटक ४६ जना कर्मचारी निकालेका नारायणी अस्पतालका निमित्त निर्देशक डा. मो. एनामुल हकले पर्साका नेताहरुलाई रिझाउन आफू खुसी झण्डै एक दर्जन कर्मचारीलाई भने गोप्य रुपमा पुन काम फर्काएको पाइएको छ ।

हेल्थआवाजलाई अस्पताल स्रोतबाट प्राप्त सूचनाअनुसार निमित्त निर्देशक डा. हकले पहिले निकालेका ४ जना मेडिकल अधिकृत, एक जना फार्मेसी सहायक, केही स्टाफ नर्स र केही कार्यालय सहयोगीलाई जागिरमा फर्काएका छन् ।

‘मेसुका नजिकका र केही नेता अनि यहीका पावरवाला चिकित्सकका आफन्तहरु फर्काउने काम भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘४६ जना निकालेको नाटक गरेर झण्डै १ दर्जनलाई काममा फर्काइएको छ ।’

निर्देशक हकले पहिले निकालेका मात्र नभएर फार्मेसीतर्फ नयाँलाई जागिर पनि दिएका छन् । १ जेठमा निकालेका १२ मेडिकल अधिकृतमध्ये डा. प्रियंका यादव यसभन्दा अघिका स्वास्थ्यमन्त्री प्रदीप यादवको सिफारिसमा पुन फर्किएकी हुन् । त्यसैगरी डा. जफर इमाम अस्पातमै कार्यरत एक सिनियर सर्जनका भाइ हुन्, डा. संजय जैसवालका पनि दाजु नारायाणीमै चिकित्सक रहेका छन् । पुनः नियुक्ति पाएका डा. दिपेश झा भने जेरियाट्रिसियन हुन् । जेरियाट्रिक विभाग भएका कारण उनलाई भने विकल्प नभएका कारण पुन: नियुक्ति गरिएको अस्पताल स्रोत बताउँछ ।

फार्मेसीमा भने झनै उपद्रो भएको पाइन्छ । सो विभागमा कार्यरत रन्जित साहको म्याद नसकिई डा. हकले निकालेका थिए । तर, उनलाई हटाएर महबुब आलम, भोला ठाकुर र रिंकु चौरसियालाई काममा फर्काइएको छ । जसमा रिंकु चौरसिया नयाँ हुन्, उनलाई पर्साका नेता अजय चौरसियाको जोडबलमा जागिर लगाइएको हो ।

अस्पताल स्रोतकाअनुसार पहिले हटाइएका केही स्टाफ नर्स र कार्यलय सहयोगीलाई पनि भित्रभित्रै बोलाएर काम लगाइएको छ ।

निर्देशक डा. हकले अस्पतालसँग तलव खुवाउने पैसा नभएर ४६ जना कर्मचारी निकालेको हेल्थआवाजलाई बताएका थिए । ‘९ महिनादेखि तलब खुवाउने पैसा नभएर कर्मचारी निकालिएको हो,’ उनले भनेका थिएँ, ‘हामी चाँडै प्रक्रिया पु¥याएर थप कर्मचारी नियुक्ति गर्छौ ।’

उनले सूचना निकालेर कर्मचारी लिने भनेतापनि गोप्य रुपमा भित्रभित्रै अस्पताललाई कर्मचारी भर्ति केन्द्र बनाइरहेको पाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ