२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नर्सिङ संघको निर्वाचन तोकिएकै समयमा, प्रा. पोखरेलले अब उम्मेदवारी नदिने

नेपाल नर्सिङ संघको निर्वाचन तोकिएकै समयमा, प्रा. पोखरेलले अब उम्मेदवारी नदिने


काठमाडौं—नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले नयाँ कार्यसमितिको निर्वाचन तोकिएकै समयमा हुने बताएकी छन् । २ वर्ष ढिला गरी मिति घोषणा भएको संघको निर्वाचन तोकिएको समयमा नहुने आशंका बढिरहेका बेला पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेकी हुन् ।

यहि पुस ९ गते संघको निर्वाचन मिति तय गरिएको छ । तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका भइरहँदा संघकी अध्यक्ष पोखरेलले हेल्थ अवाजसँग तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने बताएकी हुन्् ।

नयाँ कार्यसमिति चयनका लागि लक्ष्मी राईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन तयारी समिति समेत गठन भइसकेको छ ।

‘चुनाव तयारी समिती गठन भइसकेको छ । समितिले काम समेत सुरु गरिसकेकाले तोकिएकै मितिमा चुनाव हुन्छ,’ हेल्थ आवाजसँग उनले भनिन् । संघको विधानमा प्रत्येक ३/३ वर्षमा नयाँ कार्यसमिति चयन हुनुपर्ने व्यवस्था छ । तर, झण्डै २ वर्ष ढिलो गरी ५ वर्षपछि मात्र निर्वाचन हुन लागेको हो ।

पोखरेलले उम्मेद्वारी नदिने

नयाँ कार्यकालका लागि संघकी वर्तमान अध्यक्ष तारा पोखरेलले उम्मेद्वारी नदिने भएकी छन् । संघमा नयाँ अनुहारलाई अवसर दिनुपर्ने उनको तर्क छ ।

‘यो संगठन हामीहरुको हक हितका लागि हो । हामीले नयाँलाई अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘यो पटक म उठ्दिन । निर्वाचनबाट आउने नयाँ अध्यक्षलाई मेरो पूर्ण सहयोग रहनेछ ।’

चुनावमा भएको ढिलाइको नैतिक जिम्मेवारी लिन्छु

नयाँ संरचनाअनुसार संघको विधान संशोधन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिइन् । विधान संशोधन गर्नुपरेकाले नै समयमा निर्वाचन गर्न नसकिएको उनको दाबी छ ।

‘हामीले नयाँ संरचना अनुसार विधान संशोधन ग¥यौं । त्यो सिडिओ कार्यालयबाट पास भएर आउनुपर्ने भएकाले चुनाव गर्न ढिला भएको हो,’ निर्वाचन समयमै सम्पन्न गर्न नसकेकोमा उनले त्यसको नैतिक जिम्मेवारी आफूले लिने हेल्थआवाजसँग बताइन् ।

‘चुनाव समयमा सम्पन्न गर्न नसक्नुको विविध कारण छन् । यद्यपी अध्यक्षका हिसाबले त्यसको नैतिक जिम्मेवारी लिन म तयार छु ।’
संघको नयाँ नेतृत्व संघिय संरचना अनुसार चयन हुने पनि उनले उल्लेख गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ