२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवायु प्रदुषणले स्ट्रोकको जोखिम बढाउँछ : अनुसन्धान

वायु प्रदुषणले स्ट्रोकको जोखिम बढाउँछ : अनुसन्धान


सामान्यतया : वायु प्रदूषणको सबैभन्दा बढी प्रभाव फोक्सोमा पर्ने विश्वास गरिन्छ । तर, नयाँ अध्ययनअनुसार वायु प्रदूषणको कारण स्ट्रोकको जोखिम पनि बढ्ने देखिएको छ ।

स्वीडेनको क्यारोलिन्सका विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ इन्भायरमेन्टल मेडिसिनको टोलीले गरेको अध्ययनले सवारी साधन र उद्योगहरुबाट निस्कने धुवाले स्ट्रोकको जोखिम बढाउने देखाएको हो । लगातार धुवाको चपेटामा परेको क्षेत्रमा स्ट्रोकको धेरै विरामी भेटिएका थिए ।

अध्ययनअनुसार उक्त धुवाले सिगरेटको धुवाजस्तो प्रतिक्रिया देखाएको थियो । दुवै प्रकारको धुवाले मस्तिष्कको भित्री तहमा क्षति पु¥याएर स्ट्रोकको स्थिति निम्त्याउँछ ।

केहि समय अघि ‘द ल्यानसिट न्यूरोलोजी’मा प्रकाशित एक अध्ययनले पनि स्ट्रोकका एक तिहाई घटनाहरु वायु प्रदुषणका कारण हुने देखाएको थियो ।

मस्तिष्कमा रगत आपूर्ति अवरुद्ध भएमा वा रगतका धमनीहरू फुटेमा स्ट्रोक हुन्छ । अध्ययनले यसले मस्तिष्कमा हुने अक्सिजन आपूर्ति बन्द हुन्छ जसले मस्तिष्कका कोषहरुमा गम्भीर क्षति पु¥याउने देखाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ