गृहपृष्ठ ∕ समाचार ∕ १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर १० वर्ष पहिल्यै थाहा हुन्छ पाठेघरको मुखको क्यान्सर डा. विमलकुमार थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शुक्रबार, २०८१ असोज ११ गते, १३:०५ मा प्रकाशित नेपाली महिलामा पाठेघरको रोग ठूलो समस्या बन्ने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सर एउटा गम्भीर समस्या हो । तर, पाठेघरको मुखमा हुने क्यान्सर पाठेघरभित्रको क्यान्सरभन्दा केही मानेमा फरक छ । पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्छ र उपचार गर्न सकिन्छ । नियमित चेकजाँच गर्यो भने यो क्यान्सर पूर्ण रूपमा निर्मूल पार्न सकिन्छ । तर, क्यान्सर फैलिएर अप्रेसन नै गर्न नसकिने, सेकेर पनि नहुने, औषधिले पनि नछुने अवस्था भएपछि मात्रै महिलाहरू अस्पताल धाउनाले समस्या जटिल बन्ने गरेको छ । पाठेघरको मुखको पानी जँचाएर क्यान्सर छ कि छैन पत्ता लगाउन सकिन्छ । वेला–वेला पाठेघर चेक गराउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो चलन नेपाली महिलाहरूमा कमै छ । रोगले गालेपछि मात्रै अस्पताल आउने गर्छन् । पाठेघरको मुखको क्यान्सर हुँदै छ भन्ने पहिल्यै थाहा पाउन पनि सकिन्छ । क्यान्सर हुँदै छ भन्ने कुरा १० वर्षअघि नै थाहा पाउन सकिन्छ । वेलैमा जाँच गराउँदा सामान्य रूपमै पाठेघरको मुखको क्यान्सर ठीक पार्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने सजिलो तरिका नेपालमै छ । भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड)बाट पाठेघरको मुखको जाँच गर्न सकिन्छ । यो विधिबाट चेकजाँच गर्नका लागि विशेषज्ञ डाक्टरकै आवश्यकता पनि पर्दैन । सिएमए, अनमी, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स सबैले जाँच गर्न सक्छन् । तर, एउटा निश्चित तालिम भने लिएको हुनुपर्छ । कुनै अप्रेसनविना केवल ५–७ मिनेटको जाँचमै पत्ता लाग्छ । शंका लागेमा गाइनोलोजिस्टले थप परीक्षण गरेर रोग निक्र्योल गर्छन् । विकसित देशमा युवा अवस्थामै पाठेघर परीक्षण गर्ने चलन छ । इंग्ल्यान्डमा २१ वर्ष पुग्नुभन्दा ६ महिनाअघि नै जाँच गर्ने व्यवस्था छ । आयरल्यान्डमा १८ वर्ष उमेरदखि नै जाँच गर्छन् । पाठेघरको मुखको क्यान्सर फैलिएर उपचार नै गर्न नसकिने अवस्था नहोस् भनेर पहिले नै सचेत छन्, विकसित राज्य । सामान्य सचेत हुँदा सजिलै निको पार्न सकिने र बेवास्ता गर्दा महिलाको ज्यानै जाने खतरनाक रोग हो, पाठेघरको क्यान्सर । ३५ वर्षमाथि उमेरका महिलाले नियमति रूपमा आफ्नो स्वास्थ्य जाँच गराउनु राम्रो हुन्छ । ग्रामीण महिलालाई यो कुरा थाहा छैन । चेतनाको अभाव छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक