२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली


काठमाडौं—मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधबार बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो ।

उपकुलपतिको कार्यकाल चार वर्षको रहेको छ । हेटौडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त भएका डा. ज्ञवाली नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व सदस्यसचिव हुन् ।

नवनियुक्त उपकुलपति ज्ञवालीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट एमबीबीएस गरेका छन् । उनले आईओएमबाटै फर्माकोलोजीमा एमडी गरेका हुन् ।

प्रतिष्ठानका यसअघिका उपकुलपति प्रा.डा. विश्वराज जोशीको कार्यकाल १५ साउनमा सकिएको दुई महिनापछि डा. ज्ञवाली नियुक्त भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ